National »
भूकम्पसँग डराउँदा मुटुको समस्या
 भूकम्पसँग डराउँदा मुटुको समस्या


किरण लोहनी
माघ ८, गोरखा/

बैशाख १२ गतेको भूकम्पपछि गोरखामा मुटुसँग सम्बन्धित समस्या भएका बिरामी बढेको पाइएको छ । मानिसहरु अझै पनि आफूले भोगेको ठूलो प्राकृतिक विपत्तिको त्रास बोकेर हिँडिरहेको देखिएको मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टराईले बताउनुभयो । रोटरी र रोट्रयाक्ट क्लव अफ गोरखाको आयोजनामा जिल्ला अस्पतालमा चलिरहेको स्वास्थ्य शिविरमा जाँच गराउन आएका धेरैजसोमा मुटुको चाल अनियन्त्रित हुने समस्या देखिएको उहाँले बताउनुभयो । यस्तै उच्च रक्तचाप भएर औषधी खाइरहेकाहरुलाई पहिलेको औषधीले नपुग्ने, तर्सने जस्ता समस्या देखिएको उहाँको भनाई छ । शिविरमा स्वास्थ्य जाँच गराएका मध्ये एक तिहाईमा यस्तो समस्या देखिएको भट्टराईले बताउनुभयो । “भूकम्पपछि मैले प्रभावित जिल्लाका ५ भन्दा बढी शिविरमा बिरामी जाँचें” उहाँ भन्नुहुन्छ, “धेरैजसोमा भूकम्पको डरकै कारण मुटुसँग सम्बन्धित समस्या देखिएको छ ।
डराउने, तर्सिने भएका कारण मुटुको समस्या बढ्ने डाक्टर भट्टराईले बताउनुभयो । यस्तो समस्या जारी रहे मुटुमा अरु समस्या बढ्दै जाने उहाँको भनाई छ । “भुइँचालो भोगेको यो पुस्ताका धेरैलाई मुटुसँग सम्बन्धित समस्या छ” उहाँ भन्नुहुन्छ, “मानिसहरुलाई मनोपरामर्शसँगै ढुक्क भएर बाँच्ने अवस्था बनाईदिनु जरुरी छ ।” तत्कालका लागि भने यस्ता बिरामीलाई मुटुको चाल नियन्त्रण गर्ने औषधी दिइएको मनमोहन कार्डियो भास्कुलर, थोरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टराईले बताउनुभयो ।  यस्तै खानपान, ब्यायाम लगायतमा ध्यान नदिँदा मुटुरोगीको संख्या बढ्दै गएको पाइएको मुटुरोग विशेषज्ञहरुले बताएका छन् ।

 

Program Schedule
  • Dharmik Songs 05:30 - 06:00
  • Kayakairan 06:00 - 06:30
  • Choice News 06:30 - 07:00
  • Goodmorning Gorkha 07:00 - 08:15
  • Desh Pardesh 08:20 - 09:00
  • Nepal Khabar 09:00 - 09:15
  • Lok Songs 09:15 - 10:00
  • Chiya Chautari 10:00 - 11:00
  • Hindi Songs 11:00 - 12:00
  • Nepal Khabar 12:00 - 12:15
  • Nepali Pop Songs 12:15 - 01:00
  • Choice News 13:00 - 13:15
  • Pop Songs 14:00 - 15:00
  • Champa Chameli 15:00 - 16:00
  • Nepal Khabar 15:00 - 15:15
  • आधुनिक गीतहरु 16:00 - 17:00
  • Nepal Khabar 17:00 - 17:20
  • lok songs 17:20 - 18:00
  • Nepal Khabar 18:00 - 18:15
  • Songs 18:15 - 18:30
  • Choice News 18:30 - 19:00
  • Khane pani ra sarsafai 19:00 - 19:30
  • Baible lai bolna deu 19:45 - 20:00
  • Nepal Darpan 20:00 - 20:30
  • BBC News 20:45 - 21:15
  • Sukha Dukha 21:15 - 22:00
  • Khulduli.Com 22:00 - 23:00
Poll

Loading...