National »
गोरखकाली रबर उद्योगले असोजदेखि उत्पादन थाल्ने
 गोरखकाली रबर उद्योगले असोजदेखि उत्पादन थाल्ने


भदौ १७, गोरखा/
बिगत छ महिनादेखि बन्द रहेको गोरखकाली रबर उद्योग आउँदो महिनादेखी सञ्चालन गर्ने तयारी गरीएको छ । नयाँ ब्यबस्थापनका साथ उद्योग सञ्चालनमा ल्याउने तयारी भैरहेको ब्यबस्थापन समितीले जनाएको छ । आर्थिक भारका कारण आबश्यक कच्चा पदार्थ ल्याउन नसक्दा उद्योग ६ महिनादेखी बन्द छ । त्यसैले अब नयाँ रणनितीका साथ नयाँ योजना बनाएर अघि बढने योजना रहेको सञ्चालक समितीका अध्यक्ष विपीन मल्लले जानकारी दिनुभयो । लगानीकर्ता खोजेर उद्योग सञ्चालन गर्ने विषयमा पनि छलफल भैरहेको उहाँको भनाई छ । सरकारी स्वामित्वमा रहेको नेपालको एक मात्र रबर उद्योग बर्षेनी घाटामा छ ।
उद्योगको वास्तविक अबस्था तथा समस्या पहिचान गरी रणनिती बनाउने सञ्चालक समितीको योजना छ । जसअनुसार उद्योगको पुनर्मुल्याकनको काम सुरु गरेको समितीले जनाएको छ । उद्योगको सम्पति, हालको अबस्था, अपनाउनुपर्ने रणनिती लगायतका विषयवस्तुमा अध्ययन गरी योजना बनाउने अध्यक्ष मल्लले बताउनुभयो ।  उद्योग संचालक समितिको गत साउन २२ गते सम्पन्न बैठकले मल्ललाई सर्बसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
 

Program Schedule
  • Dharmik Songs 05:30 - 06:00
  • Kayakairan 06:00 - 06:30
  • Choice News 06:30 - 07:00
  • Goodmorning Gorkha 07:00 - 08:15
  • Desh Pardesh 08:20 - 09:00
  • Nepal Khabar 09:00 - 09:15
  • Lok Songs 09:15 - 10:00
  • Chiya Chautari 10:00 - 11:00
  • Hindi Songs 11:00 - 12:00
  • Nepal Khabar 12:00 - 12:15
  • Nepali Pop Songs 12:15 - 01:00
  • Choice News 13:00 - 13:15
  • Pop Songs 14:00 - 15:00
  • Champa Chameli 15:00 - 16:00
  • Nepal Khabar 15:00 - 15:15
  • आधुनिक गीतहरु 16:00 - 17:00
  • Nepal Khabar 17:00 - 17:20
  • lok songs 17:20 - 18:00
  • Nepal Khabar 18:00 - 18:15
  • Songs 18:15 - 18:30
  • Choice News 18:30 - 19:00
  • Khane pani ra sarsafai 19:00 - 19:30
  • Baible lai bolna deu 19:45 - 20:00
  • Nepal Darpan 20:00 - 20:30
  • BBC News 20:45 - 21:15
  • Sukha Dukha 21:15 - 22:00
  • Khulduli.Com 22:00 - 23:00
Poll

Loading...