National »
मृगमारेमा बाँदरको आतंक
 मृगमारेमा बाँदरको आतंक

गोरखा, भदौ १० – गोरखाको फुजेलमा  बाँदरको आक्रमणबाट दुई जना घाइते भएका छन् । फुजेल–५ मृगमारेमा बाँदरको आक्रमबाट दुई जना घाइते भएका हुन् । केही दिन अघिदेखि मृगमारेमा गाउँमा बाँदरको आतंक बढेको छ ।

हुल बनाएर आएका बाँदरले टोक्दा ४८ वर्षका द्रोणप्रसाद न्यौपाने गम्भीर घाइते हुनुभएको छ । बारीमा काम गरिरहेका बेला बाँदरले आक्रमण गरेको र शरीरका विभिन्न भागमा कोपरेको स्थानीय शोभा पन्त तिवारीले जानकारी दिनुभयो ।

बाँदरले केहीदिन अघि  १० वर्षका विवश पन्तलाई पनि चिथोरेको थियो । दिवशको काठमाडौंमा उपचार भैरहेको छ । बिहीबार बाँदरको आक्रमणमा परेका न्यौपानेलाई पनि उपचारका लागि काठमाडौं लगिएको छ । बाँदरको आतंक बढ्न थालेपछि स्थानीय बासिन्दालाई खेतबारीको काम, पानी पंधेरो गर्न समेत समस्या परेको गाउँलेको गुनासो छ ।

एक्लै हिँड्दा बाँदरले आक्रमण गर्ने भएपछि साथी लिएर मात्रै हिँडडुल र कामकाज गर्नु पर्ने अवस्था आइलागेको तिवारीले बताउनुभयो ।  बारीमा मकै छउञ्जेल त्यतै अलमलिएका बाँदर मकै निख्रिएपछि भने आक्रामक हुन थालेका फुजेलका बासिन्दाले बताएका छन् ।

गाउँमा बाँदरको ठुलो समुह बस्दै आएपनि ४ वटा बाँदर भने गाउँघरमा पस्ने र मानिस र वस्तुभाउलाई समेत आक्रमण गर्ने गरेको उनीहरुले बताएका छन् । बाँदर भगाउनका लागि स्थानीय प्रशासनलाई जानकारी गराउने गाउँलेले बताएका छन् ।

Program Schedule
  • Dharmik Songs 05:30 - 06:00
  • Kayakairan 06:00 - 06:30
  • Choice News 06:30 - 07:00
  • Goodmorning Gorkha 07:00 - 08:15
  • Khulla Munch 08:20 - 09:00
  • Nepal Khabar 09:00 - 09:15
  • Lok Songs 09:15 - 10:00
  • Hindi Songs 11:00 - 12:00
  • Nepal Khabar 12:00 - 12:15
  • Nepali Pop Songs 12:15 - 01:00
  • Choice News 13:00 - 13:15
  • Pop Songs 14:00 - 15:00
  • Corporate Comedy 15:00 - 16:00
  • Nepal Khabar 15:00 - 15:15
  • आधुनिक गीतहरु 16:00 - 17:00
  • Nepal Khabar 17:00 - 17:20
  • lok songs 17:20 - 18:00
  • Nepal Khabar 18:00 - 18:15
  • Songs 18:15 - 18:30
  • Choice News 18:30 - 19:00
  • Sanjha Pakha 19:00 - 19:45
  • Baible lai bolna deu 19:45 - 20:00
  • Nepal Darpan 20:00 - 20:30
  • BBC News 20:45 - 21:15
  • Sajha Sawaal 21:00 - 21:45
  • Khulduli.Com 22:00 - 23:00
Poll

Loading...