National »
दुई वर्ष पहिले खच्चडलाई विष खुवाएको आरोपमा अहिले गाउँ निकाला


किरण लोहनी
भदौ ११, गोरखा/

दुई वर्ष अघि अर्थात ७० सालको हिउँदयामतिर गोरखाको विकट उत्तरुी गाविस ल्होका केही मानिस बिरामी परे । मान्छे मात्रै होइन, पशु चौपाया र विशेष गरि खच्चडहरु पनि बिरामी पर्न थालेपछि गाउँलेहरु चिन्तामा परे । सदरमुकामबाट ४७ कोष टाढाको त्यो गाउँमा स्वास्थ्य चौकी त छ, तर त्यहाँका वासिन्दा आधुनिक उपचार पद्धतिलाई त्यति धेरै विश्वास नगर्ने भएकाले उनीहरु बिरामी परेको कुरा स्वास्थ्य संस्थासम्म पुगेन । त्यसमाथि बिरामी परेका खच्चडहरुको उपचारको त कुरै भएन । खच्चडहरुमा भने पातलो र हल्का रगत मिसिएको दिशा हुने समस्या देखिएपछि गाउँलेहरुले बिना आधार पानीमा कसैले विष मिसाइदिएको हुन सक्ने अनुमान गरे र स्थानीय खामसुङ लामा र ङिल्दा लामा दम्पत्तिलाई त्यसको दोष लगाए । आधारहीन आरोप लामा परिवारले सहने कुरै भएन । त्यसकै कारण गाउँलेहरुविच मनमुटाव भयो । केही समयपछि मानिस र खच्चडहरु निको भए, कुरा सेलायो ।
तर एकाएक ल्हो गाविसको वडा नम्वर ५ देखि ९ सम्मका वासिन्दाले २ वर्ष अघिको कुरा कोट्याउँदै गाउँ भेला डाके । भेलाले लामा दम्पत्तिलाई २ लाख रुपैया जरिवाना लगाउने र त्यो तिर्न मञ्जुर नभए गाउँ निकाला गर्ने निर्णय ग¥यो । बैशाख ३ गतेको भेलाले २ लाख रुपैया तिर्न ९ गतेसम्मको भाका दिएको थियो । “खामसुङले बिना कारण किन जरिवाना तिर्ने भनेर प्रतिवाद गरेनछन्” यसअघि सोही गाविसको सचीव रहेका वेदप्रकाश ढकाल भन्नुहुन्छ, “त्यहाँका वासिन्दा जतिसुकै अब्यवहारिक किन नहोस्, गाउँ भेलाको निर्णयलाई कानुन भन्दा बढी मान्छन् ।” सो कारण हुन सक्छ, गाउँलेले आरोप लगाएका चारै जनाका तर्फबाट खामसुङले आफूसँग २५ हजार रुपैया मात्रै भएको र सोही पैसा लिईदिन आग्रह गरे । गाउँलेले ९ गतेससम्मको भाकामा बाँकी रकम तिर्न भनेपनि ८ गते बिहानसम्म थप पैसाको जोहो हुन नसकेपछि लामा दम्पत्तिले काठमाण्डौंमा भएकी छोरीलाई फोन गरे । छोरीलाई हेलिकप्टर लिएर आउन भनेका उनीहरु ८ गते काठमाण्डौं ओर्लिए ।
अनाहकमा गाउँबाट निकालिएका चारै जनाको प्रतिनिधित्व गर्दै ५२ वर्षका खामसुङ गोरखादेखि काठमाण्डौंसम्म धाए, गाउँ फर्कने वातावरण बनाइदिन माग गर्दै । उहाँको अर्को माग छ, गाउँ निकाला गर्ने निर्णय गराउनेमध्येका केहीलाई कारवाही गर्नुपर्ने । जिल्ला प्रशासन कार्यालयमा बुझाइएको निवेदनमा ओर्केन धोर्जे लामा, पेम्बा लामा र छिरिङ लामालाई कारवाही हुनुपर्ने माग गरिएको छ । “छिरिङ ल्होका गाविस सहायक हुन् र पढेलेखेका भएकाले उनले गाउँ भेलाको माइन्युट लेखेका रहेछन्” ल्होको छिमेकी गाविस सामागाउँका सचीव बेदप्रकाश ढकाल भन्नुहुन्छ, “अरु दुई जनाले भने गाउँ भेला बोलाउन भूमीका खेलेको पीडितको आरोप छ ।”
राष्ट्रिय मानवअधिकार आयोगसम्म उजूरी पुगेपछि जिल्ला प्रहरी कार्यालयले गाउँ भेला गराउनेमध्येका केहीलाई सदरमुकाम बोलायो । केहीबेरको छलफलपछि उनीहरु गाउँ निकाला गर्ने निर्णय फिर्ता लिन सहमत भए । “खामसुङ सहित चारै जनालाई ससम्मान गाउँ फर्काउन मञ्जुर छौं ।” उनीहरुले प्रहरीलाई लिखित प्रतिवद्धता दिएका छन् । तर निकालामा परेकाहरु गाउँ फर्कन सकेका छैनन् । उनीहरुको एउटै अडान छ, दोषीहरुलाई कारवाही हुनुपर्छ । “एक दिन भएपनि जेलमा थुन्नुपर्छ” खामसुङले च्वाईस एफएमसँग संक्षिप्त टेलिफोन सम्पर्कमा भने ।
गाउँलेहरु विचमा आएको फाटोको यो प्रसङबारे ढिलो गरि थाहा पाएका नेपाली काँग्रेस गोरखाका सभापति हरिबहादुर घलेले आज प्रमुख जिल्ला अधिकारीसम्म यो कुरा पु¥याए । गाउँलेहरुविच सहजीकरणको पहल गरिरहेका गाविस सचीव ढकालले खामसुङलाई फोन गरि प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सेनासँग कुरा गर्न लगाए । “म आफैं तपाईलाई गाउँमा लगेर सबैसँग मिलाएर राखेर आउँछु” तिमिल्सेनाले टेलिफोनमै भन्नुभयो, “तर तपाई काठमाण्डौंबाट जिल्ला आउनुप¥यो ।” खामसुङ र अरु ३ जना गाउँ फर्कने वातावरण बन्ला त ? यसका लागि केही दिन पर्खनु पर्नेछ ।




 

Program Schedule
  • Dharmik Songs 05:30 - 06:00
  • Kayakairan 06:00 - 06:30
  • Choice News 06:30 - 07:00
  • Goodmorning Gorkha 07:00 - 08:15
  • Desh Pardesh 08:20 - 09:00
  • Nepal Khabar 09:00 - 09:15
  • Lok Songs 09:15 - 10:00
  • Chiya Chautari 10:00 - 11:00
  • Hindi Songs 11:00 - 12:00
  • Nepal Khabar 12:00 - 12:15
  • Nepali Pop Songs 12:15 - 01:00
  • Choice News 13:00 - 13:15
  • Pop Songs 14:00 - 15:00
  • Champa Chameli 15:00 - 16:00
  • Nepal Khabar 15:00 - 15:15
  • आधुनिक गीतहरु 16:00 - 17:00
  • Nepal Khabar 17:00 - 17:20
  • lok songs 17:20 - 18:00
  • Nepal Khabar 18:00 - 18:15
  • Songs 18:15 - 18:30
  • Choice News 18:30 - 19:00
  • Khane pani ra sarsafai 19:00 - 19:30
  • Baible lai bolna deu 19:45 - 20:00
  • Nepal Darpan 20:00 - 20:30
  • BBC News 20:45 - 21:15
  • Sukha Dukha 21:15 - 22:00
  • Khulduli.Com 22:00 - 23:00
Poll

Loading...