National »
छेकम्पार र लार्के नाका खोल्न चीन सहमत
 छेकम्पार र लार्के नाका खोल्न चीन सहमत


किरण लोहनी
भदौ ६, गोरखा
चीन सरकार गोरखाको छेकम्पार र लार्के नाका नियमित रुपमा खुल्ला गर्न सकारात्मक भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको गोरखाको छेकम्पार र लार्के नाका जतिसक्दो छिटो खुल्ला गर्न चीन सरकारले प्रक्रिया थाल्न सहमति जनाएको हो । चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालबीचको व्यापार सहजीकरण समितिको काठमाण्डौंमा भएको बैठकमा नाका खोल्नेबारे अध्ययन थाल्न चीन सहमत भएको हो । चीन सरकारले वर्षेनी असार साउनतिर मात्रै नाका खोल्ने गरेको छ । सामान्य किनमेलका लागि नाका आसपासका वासिन्दा भने अरु बेलामा पनि तिब्बत आऊजाऊ गर्दै आएका थिए । तर चीनको इच्छामा नाका खोल्ने र बन्द गर्ने भएकाले स्थानीयलाई सामान लान ल्याउन समस्या पर्दै आएको थियो । अब भने चीन सरकार नियमित रुपमा नाका खोल्ने विषयमा सकारात्मक भएको वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको निर्यात प्रवद्र्धन, ब्यापार तथा पारवहन महाशाखाका प्रमुख सहसचीव जीवराज कोइरालाले च्वाईस एफएमलाई बताउनुभयो ।
नाका खोल्नका लागि अब ति ठाउँको थप अध्ययन हुने उहाँको भनाई छ । जतिसक्दो छिटो दुबैतर्फबाट सुरक्षा पोष्टहरु र सुरक्षाकर्मीको ब्यवस्था गरेपछि नाका खोलिने कोइरालाले जानकारी दिनुभयो । बैशाख १२ गतेको भूकम्पपछि सदरमुकामबाट जिल्लाका उत्तरी क्षेत्रका ७ गाविसमा राहत सामग्री पु¥याउन समस्या पर्दै आएको छ ।  जिल्ला दैवी प्रकोप उद्धार समिति गोरखाले पनि नाका खोल्नुपर्ने माग गर्दै आएको थियो । गृहमन्त्रालय हुँदै चिनियाँ दुतावास मार्फत चीन सरकारसम्म स्थानीयलाई परेको अप्ठ्यारोबारे धयानाकर्षण भएपछि नाका नियमित रुपमा खुल्ला राख्न चीन सरकार लचिलो भएको हुन सक्ने सहसचीव कोइरालाको भनाई छ । भूकम्पपछिको अप्ठ्यारोसँगै उत्तरी गोरखाका वासिन्दालाई अरु बेला पनि उपभोग्य सामग्री खरीदका लागि आरुघाट पुग्न भन्दा तिब्बत जान सजिलो हुने भएकाले लार्के र छेकम्पार नाकालाई नियमित रुपमा खुल्ला गरे सजिलो हुने स्थानीय वासिन्दाको भनाई छ ।  
लार्के र छेकम्पारसँगै चीन सरकार दोलखाको लामावगर र मुगुमा नयाँ नाका खोल्न पनि सहमत भएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचीव कोइरालाले बताउनुभयो । भूकम्पका कारण तातोपानी र रसुवागढी नाका अबरुद्ध हुँदा द्विपक्षीय व्यापार ठप्प छ । दुई देशबीच हाल ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथान्का, सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी, मुस्ताङ् र हुम्लाको यारी गरी ६ वटा व्यापारिक नाका छन् । २०६८ माघमा नेपाल भ्रमणमा आएका तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जिया वाओ र तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच ६ वटा नाकामध्ये तीनवटालाई द्विपक्षीय व्यापारमा र तीनवटालाई अन्र्तराष्ट्रिय नाकाका रूपमा बिस्तार गर्ने सहमति भएको थियो । यसमध्ये तातोपानी र रसुवागढी नाका बढि प्रयोगमा छन् । तर वैशाख १२ को भूकम्प पछि ति दुई व्यापारिक नाका क्षतिग्रस्त भएका कारण नेपाल र चीनबीचको व्यापार लगभग शून्यमा झरेको छ ।

Program Schedule
  • Dharmik Songs 05:30 - 06:00
  • Kayakairan 06:00 - 06:30
  • Choice News 06:30 - 07:00
  • Goodmorning Gorkha 07:00 - 08:15
  • Khulla Munch 08:20 - 09:00
  • Nepal Khabar 09:00 - 09:15
  • Lok Songs 09:15 - 10:00
  • Film Songs 10:00 - 11:00
  • Hindi Songs 11:00 - 12:00
  • Nepal Khabar 12:00 - 12:15
  • Nepali Pop Songs 12:15 - 01:00
  • Choice News 13:00 - 13:15
  • Pop Songs 14:00 - 15:00
  • Filmy Checkpost 15:00 - 16:00
  • Nepal Khabar 15:00 - 15:15
  • Nepal Khabar 17:00 - 17:20
  • lok songs 17:20 - 18:00
  • Nepal Khabar 18:00 - 18:15
  • Songs 18:15 - 18:30
  • Choice News 18:30 - 19:00
  • Jhataro 19:00 - 19:45
  • Baible lai bolna deu 19:45 - 20:00
  • Nepal Darpan 20:00 - 20:30
  • BBC News 20:45 - 21:15
  • Old Hindi Songs 21:15 - 22:00
  • Khulduli.Com 22:00 - 23:00
Poll

Loading...