National »
गोरखाका २२ गाउँ स्थानान्तरण गर्नुपर्ने जिल्ला दैविप्रकोप उद्धार समीतीको ठहर

५ जेठ । भूकम्पका कारण क्षतिग्रस्त गोरखाको एउटा गाविस पूरै सहित अरु २१ गाउँको स्थानान्तरण गर्नुपर्ने देखिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले लाप्राक गाविसको पूरै बस्ती सहित अरु २१ वटा गाउँको स्थानान्तरण गर्नुपर्ने ठहर गरेको हो । भूकम्पका कारण ति गाउँमा नयाँ बस्ती बसाल्न सम्भव नदेखिएको प्रमुख जिल्ला अधिकारी उद्धवराज तिमिल्सेनाले बताउनुभयो । ति बस्तीबाट २ हजार २ सय १४ घरपरिवार विस्थापित हुने भएका छन् । लाप्राक गाविसको सबै वडा एउटै बस्तीमा रहेको थियो । लाप्राकलाई एक गाउँ एक गाविसका रुपमा समेत चिनिँदै आएको थियो । लाप्राकमा ६ सय १५ घरपरिवारको बसोबास रहँदै आएको थियो । यस्तै ३ सय घरपरिवारको बसोबास रहेको केरौंजाको १ देखि ४ नम्बर वडाको केरौंजा गाउँ,   देखि ३ नम्बर वडाभित्रको सिंगला गाउँ, वडा नम्बर ५ को लप्सिबोट र वडा नम्बर ४ को यमगाउँलाई पनि अन्यत्र स्थानान्तरण गर्नुपर्ने देखिएको छ ।  

यस्तै लापु वडा नम्बर १ को ठाँटी, १ र ४ भीरकुना, २ को पौटु गाउँ र वडा नम्बर ६ को खानीगाउँलाई पनि नयाँ ठाउँमा सानुपर्ने देखिएको तिमिल्सेनाले बताउनुभयो । यस्तै मान्बु गाविसको धुरत गाउँका ५५ घर, स्याम्चेतका १ सय ५० घरपरिवार पनि पुरानो बस्तीबाट विस्थापित हुने भएका छन् । मनासलु पदमार्गमा पर्ने सिर्दिवास गाविसको सानो फिलिमका २० र देवलगाउँका १५ घरपरिवारलाई पनि नयाँ ठाउँमा सार्नुपर्ने देखिएको छ । भूकम्पको केन्द्रविन्दू बारपाक गाविस २ मान्द्रेका ५५ घर र ३ को कोजेका ४५ घरलाई पनि नयाँ ठाउँमा सार्नुपर्ने देखिएको जिल्ला दैवी प्रकोप उद्धार समितिको ठहर छ । भूकम्पले बढी क्षति पु¥याएको सिम्जुङको गाविसको पात्लेगाउँका ३०, सौरपानीको सिम्बु गाउँका २५, घ्याच्चोक वडा नम्बर ८ र ९ धनसीराको १ सय ५, ९ को चिसाङ गाउँका १५, वडा नम्बर ५ बास्कोटको ३६ र २ को मिलिमका ६० घर विस्थापित हुने भएका छन् ।

उहीया गाविसको वडा नम्बर १, २ र ३ को खोर्ला गाउँका १ सय घरपरिवारलाई पनि नयाँ ठाउँमा सार्नुपर्ने भएको छ । स्थानीय नागरिकको रिपोर्ट, विभिन्न समुहले गरेको अनुगमन र त्यहाँको पछिल्लो प्राकृतिक अवस्थाको आधारमा बस्ती स्थानान्तरणका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ठहर गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका सदस्य सचिव स्थानीय विकास अधिकारी प्रेमराज गिरीले बताउनुभयो । ति ठाउँमा भूगर्भविद् सहितको टोलीलाई थप अध्ययन गर्न पठाउने उहाँको भनाई छ ।

ति बस्तीहरुको थप अध्ययनका लागि सम्बन्धित निर्वाचन क्षेत्रका सभासदको नेतृत्वमा जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै सभासद र प्राविधिक सहितको समिति गठन गरिएको छ । समितिले नयाँ आवासक्षेत्र पहिचान गरी १५ दिनभित्र नेपाल सरकारलाई बस्ती बसाल्न मिल्ने क्षेत्रको सिफारिस गर्ने जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।

Program Schedule
  • Dharmik Songs 05:30 - 06:00
  • Kayakairan 06:00 - 06:30
  • Choice News 06:30 - 07:00
  • Goodmorning Gorkha 07:00 - 08:15
  • Khulla Munch 08:20 - 09:00
  • Nepal Khabar 09:00 - 09:15
  • Lok Songs 09:15 - 10:00
  • Hindi Songs 11:00 - 12:00
  • Nepal Khabar 12:00 - 12:15
  • Nepali Pop Songs 12:15 - 01:00
  • Choice News 13:00 - 13:15
  • Pop Songs 14:00 - 15:00
  • Corporate Comedy 15:00 - 16:00
  • Nepal Khabar 15:00 - 15:15
  • आधुनिक गीतहरु 16:00 - 17:00
  • Nepal Khabar 17:00 - 17:20
  • lok songs 17:20 - 18:00
  • Nepal Khabar 18:00 - 18:15
  • Songs 18:15 - 18:30
  • Choice News 18:30 - 19:00
  • Sanjha Pakha 19:00 - 19:45
  • Baible lai bolna deu 19:45 - 20:00
  • Nepal Darpan 20:00 - 20:30
  • BBC News 20:45 - 21:15
  • Sajha Sawaal 21:00 - 21:45
  • Khulduli.Com 22:00 - 23:00
Poll

Loading...