National »
बैशाख १२ गतेको भुकम्पका कारण गोरखाका दुई दर्जन बढि सास्कृतिक सम्पदामा क्षति

४ जेठ । बैशाख १२ गतेको भुकम्पका कारण गोरखाका दुई दर्जन बढि सास्कृतिक सम्पदामा क्षति भएको छ । गोरखा दरबार हेरचाह अड्डाका अनुसार हालसम्म २७ सास्कृतिक सम्पदामा क्षति भएको विवरण प्राप्त भएको छ । जिल्लाको उत्तरी क्षेत्रका गुम्बा तथा अन्य सांस्कृतिक सम्पदामा पनि धेरै क्षति भएपनि हालसम्म सबै विवरण प्राप्त हुन नसकेको अड्डाका प्रमुख गणेशप्रसाद भट्टराईले बताउनुभयो । हालसम्म जिल्ला सदरमुकाम आसपासका सास्कृतिक तथा पुरातात्वीक सम्पदामा भएको क्षतिको विवरण मात्रै प्राप्त भएको र अन्य क्षेत्रमा पनि विवरण संक्लनको क्रम जारी रहेको उहाँको भनाई छ । हेरचाह अड्डाका अनुसार गोरखा  दरबार परीसरका सबै संरचनामा क्षति भएको छ । गोरखकाली मन्दिर, गोरखनाथ गुफा, रामशाहको चात्ौरो, शित्तल पाटी,  रङग मन्दिर, पण्डित पार्टी, पटाङ्गीनी, रोट पाटी, पशुपति मन्दीर, गुहेश्वरी, चौघेरा दरबार, श्री विद्या, दमै पाटी, हनुमान  भन्ज्याङ, उपल्लोकोट, घोडा तबेला मा क्षति भएका छन् ।
यस्तै, पद्माक्ष्यनारायण मन्दिर, विरीन्चोकको विरीमकाली मन्दीरमा पनि क्षति पुगेको छ ।  श्रीनाथकोटको श्रीनाथ मण्डली र आरुघाटको भिमसेन थान पुर्ण रुपमा क्षति भएका छन् । खोप्लाङको अन्नपुर्ण मन्दिर र पदेलथोकको भिमसेन थानमा पनि भुकम्पले आशंीक क्षति पु¥याएको छ । प्रसिद्ध मनकामना मन्दिरमा पनि भुकम्पले क्षति पु¥याएको छ । भुकम्पले मन्दिर नै ढल्कीएपछि टेको लगाएर राखीएको छ ।
जिल्लाका सास्कृतिक सम्पदामा क्षति पुगेपछि तयहा भएका महत्वपुर्ण ऐतिहासीक सामाग्रीको संरक्षणमा नै समस्या रहेको अड्डाका शाखा अधिकृत विष्णु खनालले बताउनुभयो । भवनहरु भत्कीएका कारण सामान झिक्न र राख्ने सुरक्षीत ठाउँ नै अभाव भएको उहाँको भनाई छ ।   जिल्लाका सास्कृतिक सम्पदाहरुमा पुगेको क्षतिको विवरण पुरातत्व विभागमा पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख गणेश प्रसाद भट्टराईले बताउनुभयो । विभागको निर्देशन अनुसार नै पुननिर्माणको क्रम शुरु गर्ने उहाँको भनाई छ ।

Program Schedule
  • Dharmik Songs 05:30 - 06:00
  • Kayakairan 06:00 - 06:30
  • Choice News 06:30 - 07:00
  • Goodmorning Gorkha 07:00 - 08:15
  • Khulla Munch 08:20 - 09:00
  • Nepal Khabar 09:00 - 09:15
  • Lok Songs 09:15 - 10:00
  • Hindi Songs 11:00 - 12:00
  • Nepal Khabar 12:00 - 12:15
  • Nepali Pop Songs 12:15 - 01:00
  • Choice News 13:00 - 13:15
  • Pop Songs 14:00 - 15:00
  • Corporate Comedy 15:00 - 16:00
  • Nepal Khabar 15:00 - 15:15
  • आधुनिक गीतहरु 16:00 - 17:00
  • Nepal Khabar 17:00 - 17:20
  • lok songs 17:20 - 18:00
  • Nepal Khabar 18:00 - 18:15
  • Songs 18:15 - 18:30
  • Choice News 18:30 - 19:00
  • Sanjha Pakha 19:00 - 19:45
  • Baible lai bolna deu 19:45 - 20:00
  • Nepal Darpan 20:00 - 20:30
  • BBC News 20:45 - 21:15
  • Sajha Sawaal 21:00 - 21:45
  • Khulduli.Com 22:00 - 23:00
Poll

Loading...