National »
भुकम्प प्रभावितका लागी परिचय पत्र उपलब्ध गराउन गोरखाका नागरीक अगुवाहरुको माग

२ जेठ । गोरखाका नागरिक अगुवाहरुले भूकम्प प्रभावितका लागि परिचयपत्र उपलब्ध गराउनु पर्ने बताएका छन् । भूकम्पले पारेको जनधनको क्षतिका आधारमा प्रभावितहरुलाई परिचयपत्र उपलब्ध गराउनुपर्ने उनीहरुको भनाई छ । ब्यवस्थापिका संसदले भूकम्प प्रभावित जिल्लाहरुको स्थलगत अध्ययनमा निस्किएका सभासदहरुको टोली समक्ष उनीहरुले वास्तविक प्रभावितहरुको पहिचानका लागि परिचयपत्र आवश्यक रहेको बताएका हुन् । जिल्लाका सरकारी कार्यालयका प्रमुख, नागरिक संघसंस्थाका अगुवा लगायतसँग सभासद्को टोलीले सदरमुकाममा अन्तक्र्रिया गरेको हो । कार्यक्रममा सहभागीहरुले कामका लागि खाद्यान्न कार्यक्रम, अस्थायी टहरा निर्माण,  एक गाविस एक इन्जिनियरको ब्यवस्था गर्न अनुगमन समिति समक्ष माग गरेका छन् ।
जिल्लावासीले एक महिना भित्र सबैको पुर्नस्थापना गर्न र खतरा रहेका क्षेत्रबाट बस्ती हटाउनका लागि आवश्यक सामग्री र वजेटको ब्यवस्था गर्न पनि आग्रह गरेका छन् ।  कार्यक्रममा सहभागी अधिकांशले सरकारले तत्काल उद्धार तथा राहतको काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् । कार्यक्रममा सभासदहरुले  क्षतीको वर्गिकरण गरेर तत्काल राहत उपलब्ध गराउन, अस्थायी आवास निर्माण लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउने बताएका छन् । संसदीय टोलीमा सभासदहरु एकनाथ ढकाल, युवराज ज्ञवाली, कृष्ण बहादुर महरा र भरत शाह सहभागि हुनुहुन्छ ।  गोरखा सदरमुकाममा अन्तक्र्रियापछि सभासद्को टोली भूकम्पको केन्द्रविन्दू्र वारपाक गएको छ ।
 

Program Schedule
  • Dharmik Songs 05:30 - 06:00
  • Kayakairan 06:00 - 06:30
  • Choice News 06:30 - 07:00
  • Goodmorning Gorkha 07:00 - 08:15
  • Khulla Munch 08:20 - 09:00
  • Nepal Khabar 09:00 - 09:15
  • Lok Songs 09:15 - 10:00
  • Hindi Songs 11:00 - 12:00
  • Nepal Khabar 12:00 - 12:15
  • Nepali Pop Songs 12:15 - 01:00
  • Choice News 13:00 - 13:15
  • Pop Songs 14:00 - 15:00
  • Corporate Comedy 15:00 - 16:00
  • Nepal Khabar 15:00 - 15:15
  • आधुनिक गीतहरु 16:00 - 17:00
  • Nepal Khabar 17:00 - 17:20
  • lok songs 17:20 - 18:00
  • Nepal Khabar 18:00 - 18:15
  • Songs 18:15 - 18:30
  • Choice News 18:30 - 19:00
  • Sanjha Pakha 19:00 - 19:45
  • Baible lai bolna deu 19:45 - 20:00
  • Nepal Darpan 20:00 - 20:30
  • BBC News 20:45 - 21:15
  • Sajha Sawaal 21:00 - 21:45
  • Khulduli.Com 22:00 - 23:00
Poll

Loading...